सेयर बजारमा सामान्य सुधार, कसले कमाए कसले गुमाए ? « Eglish Khabarhub

सेयर बजारमा सामान्य सुधार, कसले कमाए कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक ०.१३ अंकले बढेर १२३३.८५ बिन्दुमा रोकिएको छ । १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता सेयर ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँमा किनबेच भएको छ ।

१२ वटा समूहको कारोबारमा होटल समूहको उपसूचक २०.५९, डेभलपमेन्ट बैंक ५.२१, वित्त २.९१, उत्पादन तथा प्रशोधन ८.१५, माइक्रोफाइनान्स ५.०५, जीवन बीमा समूहको उपसूचक १९.६१ अंकले बढको छ । कारोबार रकमको आधारमा रसुवागढी हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । रसुवागढीको २ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः सान्जेन जलविद्युत कमपनी र प्रभु बैंक रहेका छन् ।

सोमबारको कारोबारमा नाडेप लघुवित्त वित्तीय संस्था, वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन भने बिशाल बजार कम्पनी, आएआईबीएल प्रगति फण्ड, नबिल सम्बृद्धि फण्ड–१, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: