२ पुस २०८२, बुधबार

विधान मिचेर विशेष साधारणसभा बोलाएको भन्दै पशुपति मुरारकाको ‘नोट अफ डिसेन्ट’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी बैठकको बहुमतले विधान मिचेर विशेष साधारणसभा बोलाएको भन्दै निवर्तमान अध्यक्ष पशुपति मुरारकाले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

शुक्रबार बसेको महासंघको कार्यकारीणी बैठकले आगामी कात्तिक २९ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो ।

कात्तिक २९ गते महासंघको विशेष साधारणसभा बोलाउने निर्णय, शेखर गोल्छा स्वतः अध्यक्ष बन्लान् ?

‘महासंघको कार्यकारीणी बैठकले विधान मिचेर विशेष साधारणसभाको मिति तोकेको छ, यसमा मेरो पूर्ण असहमति छ,’ निवर्तमान अध्यक्ष मुरारकाले क्लिकमाण्डूसँग भने, ‘विशेष साधारणसभा बोलाउने प्रक्रिया विधानसंवत छैन, त्यसैले मैले नोट अफ डिसेन्ट लेखेको हुँ ।’

कार्यकारीणी समितिले विधान अनुमोदन गरेपछि मात्रै साधारणसभा बोलाउन सक्ने महासंघको विधानमा व्यवस्था भएको मुरारकाको दाबी छ ।

आज लिखितरुपमा नोट अफ डिसेन्ट नलेखिएको तर भरेभोलि लिखितरुपमै पठाउने मुरारकाले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष गोल्छा,निवर्तमान अध्यक्ष मुरारका, कार्यकारिणी सदस्यद्धय रञ्जित आचार्य र कृष्ण दुलाललगायतले प्रक्रिया पूरा नगरी विशेष साधारणसभा तोक्ने निर्णय विधान विपरित रहेको दाबी गर्दै फरक मत राखेका थिए ।

‘विधान संसोधनको प्रस्ताव कार्यकारीणी समितिले अनुमोदन नै नगरी साधारणसभा बोलाउने निर्णय गर्नु विधान संवत छैन,’ मुरारकाले थपे ।

विधान समितिका संयोजक चण्डीराज ढकालको डिजाइन अनुसार कार्यकारीणी समितिले विधान संसोधनको प्रस्ताव पारित नगरी विशेष साधारणसभाको मिति तोकेको हो ।

शुक्रबारको कार्यकारीणी बैठकमा चण्डीराज हावी भएका थिए ।

‘सबै साथीहरुको सुझाव लिएर अघि बढ्ने हो भन्दै अध्यक्षलाई दबाब दिएर विशेष साधारणसभाको मिति तोकियो,’ स्रोतले भन्यो ।
चण्डीजीले यसअघिको कार्यकारीणी बैठकमै मिति तोक्न दबाब दिएका थिए । उक्त बैठकमा अध्यक्ष राणाले मिति तोक्न भवानीले मानेकि थिइनन् । र, चण्डीले राजिनामा बुझाएका थिए । महासंघको कार्यकारीणीले ढकालको राजिनामा स्वीकृत नगरी उनको एजेण्डामा अघि बढेको एक प्रभावशाली सदस्यले जानकारी दिए ।