काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कारोवार भएको दुई वर्ष पूरा भएको अवसरमा दोस्रो वार्षिकोत्सब मनाएको छ ।
उक्त अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभ लाई मध्यनजर गरि भर्खरै बीमा समितिवाट स्वीकृती प्राप्त नयां जीवन बीमालेख “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना” सार्वजनिक ग¥योे ।
सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।
ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७६/७७ मा थप शाखा/उपशाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवा दिने योजना रहेको जानकारी गराएको छ ।
SHARE YOUR THOUGHTS