१ पुस २०८२, मंगलबार

सेयर बजारमा गिरावट, कारोबार रकम निरासाजनक


काठमाडौं । सोमबार केही सुधार देखिएपनि मंगलबार भने सेयर बजारमा उस्तै निरास देखिएको छ । मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से सूचक ८.४३ अंकले घटेर १२१३.६३ बिन्दुमा रोकिएको छ ।

१६५ कम्पनीको ११ लाख ७३ हजार ५१० कित्ता सेयर २७ करोड २५ लाख ९ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा ब्यापार ६.५९ र म्यूचुअल फण्ड समूहको उपसूचक ०.०५ अंकले बढेको छ भने बैंकिङ ६.८३, जलविद्युत १३.२८, निर्जीबन बीमा कम्पनी २५.५९, जीवन बीमा ५६.१६, माइक्रोफाइनान्स समूहको उपसूचक १३.१२ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा होल्टि होटल अग्रस्थानमा रहेको छ । सोल्टिको ४ करोड ३५ लाख ८४ हजार ८९५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः रसुवागढी हाईड्रोपावर, एनआईसी एसिया बैंक रहेका छन् ।

कारोबारमा बिशाल बजार कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन भने पाँचथर पावर कम्पनी, दिव्यश्वरी हाईड्रोपावर, हिमालयन पावर पार्टनर, गुँरास लघुवित्त वित्तीय संस्था, अरुण कावेली पावरका लगानीकर्ताले भने कमाएका छन् ।