एनआईसी एशिया बैंकले ल्यायो सुपर चमत्कारिक निक्षेप योजना « Eglish Khabarhub

एनआईसी एशिया बैंकले ल्यायो सुपर चमत्कारिक निक्षेप योजना



काठमाडौं । एनआईसी एशिया बैंकले २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।

सबै तह र तप्काका ग्राहक महानुभावहरुलाई उपयुक्त सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।

उपरोक्त उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड रुपैयाँसम्मको बीमा सुविधा, दम्पत्तिका लागि २५ घातक रोगहरुका लागि ३० लाख रुपैयाँसम्मको बीमा सुविधा, परिवारका लागि १ लाख ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

सुपर चमत्कारिक बचत योजनाअन्तर्गत यस बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नेछन् ।

साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा,

अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्वीप इन–स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइनेछ ।

सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४६ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकको दाबीइ छ ।

उत्तरदायी बैकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Publish on: