काठमाडौं । सवारी साधनको बजार आक्रमक भएसँगै बैंकहरु पनि अटो लोनका लागि आधार दरमै ऋण दिन स्किम ल्याएका छन् ।
२८ वटै वाणिज्य बंैक तथा विकास बैंकहरुले राजधानीमा सञ्चालित नाडा अटो शोमा आधारदरकै हाराहारीमा अटो लोनका स्किम ल्याएका छन् ।
हाल वाणिज्य बैंकहरुले मुद्धती निक्षेपमा संस्थागततर्फ ८.५० प्रतिशत र व्यक्तिगत तर्फ ९.२५ प्रतिशत ब्याज दिइरहेका छन् ।
हाल वित्तीय बजारमा तरलता २८ अर्ब ३ करोड रुपैयाँ छ । हाल तरलताको अवस्था सहज रहेकाले बैंकहरुले अटोमा लगानी बढाएको हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाको भनाइ छ ।
बैंकहरुले यसरी नै आधारदरलाई ध्यानमा नराखी लगानी बढाइराखे चाँडै बजारमा तरलताको समस्या दोहोरिने प्रवक्ता निरौलाले संकेत गरे । अहिले बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन घट्दो छ ।
साउन महिनामा मात्र बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले घटेको छ तर कर्जा भने ९ अर्ब रुपैयाँले बढेको छ । यसले बैंकिङ क्षेत्रका साथै ऋण लिएर केही गर्छु भन्नेहरु पनि प्रभावित बनाएको देखिन्छ ।
अन्य क्षेत्रमा अहिले विगतभन्दा तुलनात्मक रुपमा कर्जा प्रवाह घटेको छ । अन्य क्षेत्रमा प्रवाह गरिएको कर्जाभन्दा अटोमा प्रवाहित कर्जा कम जोखिम हुने हँदा पनि बैंकहरू यस क्षेत्रको कर्जामा आकर्षित भएको देखिन्छ ।
ंनाडामा १२ वटा वाणिज्य बैंक र एउटा विकास बैंक सहभागी छन् ।
सवारी साधनको कुम्भमेला मानिने ‘नाडा अडो शो–२०१९’ लाई लक्षित गर्दै बैंकले मेलामा सहभागी नभएका बैंकहरुले पनि मेलाको अघिल्लो दिन मंगलबार नयाँ ब्याजदर सार्वजनिक गरेका थिए ।
सोहीअनुसार अटो लोनको ब्याजदर पनि सामान्य दलरको तुलनामा सबै बैंकहरुले घटाएका छन् ।
नाडा शोमा स्टलनै राखेर अटो लोनको स्कीम लिने यी बैंकमध्ये सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकले कम ब्याजदरमा अटो लोन उपलब्ध गराएकोे छ । ७.६३ प्रतिशत आधारदर रहेको बैंकले ९.३९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकपछि एभरेष्ट बैंकले सस्तो ब्याजदरमा अटो लोन प्रवाह गर्नेको सूचीमा छ । यस अवधिमा ८.१२ प्रतिशत आधारदर रहेको बैंकले ९.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराइरहेको छ ।
जसमा ७ वर्षका लागि अटो लोन लिने ग्राहकले ५० लाख रुपैयाँभन्दा कम कर्जा लिनेका लागि ०.७५ प्रोसेसिङ शुल्क तिर्नुपर्ने बैंकले जनाएको छ । साथैे ५० लाख रुपैयाँभन्दा बढीको अटोलोन लिनेका लागि ०.५० प्रतिशत शुल्क प्रोसेसिङ शुल्क लाग्नेछ ।
यस्तै, हिमालयन बैंकले ९.९५ ब्याजदरमा अटो लोनका दिइरहेको छ । यस अवधिमा बैंकको आधारदर ९.०५ प्रतिशत छ । बैंकबाट ८ वर्षका लागि कर्जा लिने ग्राहकले ०.५ प्रतिशत प्रोसेसिङ शुल्क तिर्नुपर्ने बैंकले जनाएको छ ।
नाडा शोलाई लक्षित गर्दै ग्लोवल बैंकले अटो लोन ९.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ । बैंकको आधारदर भने बैंकले ७ वर्षका लागि लोन लिँदा प्रोसेसिङ चार्जका रुपमा १.५ प्रतिशत शुल्क लिने जनाएको छ ।
नाडा अटो शो २०१९ लाई लक्षित गर्दै माछापुच्छ«े बैंकले १०.११ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछ । यस अवधिमा बैंकको आधारदर १०.३७ प्रतिशत छ । १० वर्षसम्मका लागि बैंक अटो लोन लिने ग्राहकलाई बैंकले ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिने जनाएको छ ।
सानिमा बैंककोे आधारदर ९.३४ प्रतिशत छ । नाडालाई लक्षित गर्दै बैंकले १०.४९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने बताएको छ । बैंकले ९.३४ प्रतिशत बेसरेटमा प्रिमियम थप गरेर लोन उपलब्ध गराउने भएको छ । बैंकले ०.७५ प्रतिशत प्रोसेसिङ चार्ज लिने बताएको छ ।
यसैगरी १०.१ प्रतिशत आधारदर रहेको लक्ष्मी बैंकले १०.५० प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ । जसका लागि ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो ब्याजदर ३ वर्षका लागि हुनेछ । वर्षपछि बेसरेटमा २ प्रतिशत ब्याजदर थप हुनेछ । यस्तै बैंकले पेट्रोल कारका लागि ११.५० प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध जानकारी दिएको छ ।
हाल नविल बैंकको आधारदर ८.०९ प्रतिशत छ । नविलले बैंकले इलेक्ट्रिक सवारीका लागि ९.५९ प्रतिशत ब्याजदरमा र पेट्रोल सवारीका लागि १०.५९ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउने जानकारी दिएको छ । बैंकले ७ वर्षका लागि लोन उपलब्ध गराउँदा ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क लिनेछ ।
एनआईसी एसिया बैंकले १५ वर्षका लागि सवारी कर्जा लिँदा इलेक्ट्रिक सवारीका लागि ९.५९ प्रतिशत ब्याजदर र पेट्रोल सवारीका लागि १०.५९ प्रतिशत ब्याजदर लिनेछ ।
यस अवधिमा बैंकको आधारदर भने ९.४८ प्रतिशत छ । बैंकले प्रोसेसिङ चार्जका लागि ०.७५ प्रतिशत शुल्क लिने जनाएको छ ।
यसैगरी सिभिल बैंकले ११.११ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराइ रहेको छ । बैंकले आधारदरमा प्रिमियम नलिई अटो लोन उपलब्ध गराउने जनाएको छ । यस अवधिमा ११.११ प्रतिशत आधारदर छ । बैंकले ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिने जनाएको छ ।
नाडालाई लक्षित गर्दै बैंक अफ काठमाडौं बैंकले ११.४८ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराइरहेको छ । बैंकको आधारदर भने यस अवधिमा ९.९८ प्रतिशत रहेको छ, त्यसमा १.५ प्रतिशत प्रिमियम लगाएर अटो लोन दिने भएको हो । बैंकले अटो लोन प्रोेसेसिङका लागि १ प्रतिशतसम्म लिने जानकारी दिएको छ ।
यस्तै, नाडामा सहभागी एउटा मात्रै विकास बैंक सांग्रिला डेभ्लपमेन्ट बैंकले ११.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गारएको छ । बैंकको यस अवधिमा आधारदर भने ११.६६ प्रतिशत छ । बैंकले अटो लोन लिने ग्राहकलाई ०.७५ प्रतिशत प्रोसेसिङ चार्ज लिने जानकारी दिएको छ ।
राष्ट्र बैंकले अटो लोनमा कडाइ गरे पनि बैंकहरूले न्यूनतम सेवा शुल्कसहित अधिकतम कर्जा अवधिमा अटो ऋण उपलब्ध गराउने योजना ल्याएका छन् ।
जसकारण नेपालमा वार्षिकरूपमा गाडी तथा त्यसको पाटपुर्जाको आयात बढ्दो छ । मानिसहरुको सवारी साधानतर्फको बढ्दो आर्कषणले सवारीको व्यापार नेपालमा बढीरहेकाले पनि बैंकहरू अटोमा लगानी गर्नतर्फ आकर्षित भएका हुन् ।
SHARE YOUR THOUGHTS