भ्रामक समाचार प्रकाशन गरेको भन्दै मिडियासँग रिसाए बैंकर, तत्काल बैंकलाई ब्रोकर लाइसेन्स दिन माग « Eglish Khabarhub

भ्रामक समाचार प्रकाशन गरेको भन्दै मिडियासँग रिसाए बैंकर, तत्काल बैंकलाई ब्रोकर लाइसेन्स दिन माग



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले केही मिडियाहरुले नकरात्मक र कपोकल्पित समाचार प्रकाशन÷प्रसारण गरेको भन्दै विज्ञप्ती नै जारी गरेर असन्तुष्टि जनाएको छ । संघको बुधबार बसेको पूर्ण समितिको बैठकले यस्तो असन्तुष्टि व्यक्त गरेको हो ।

‘विगत केहि समय देखि बैकिङ्ग क्षेत्रको बारेमा केहि मिडियाहरुले समग्र बैंकिङ्ग क्षेत्रकै जनमानसमा नकरात्मक छवि फैलाउने, बैंक तथा बैंकका कर्मचारीहरुको मान–मर्यादामा ठेस पुग्ने गरी कपोकल्पित समाचार प्रकाशन गरेकोमा यस संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ‘यस विषयमा संघले प्रेस काउन्सिल नेपालसंग समन्वय गरी यस प्रकृतिका कपोकल्पित समाचारहरु प्रकाशनमा रोक/कारवाही गर्न के–कसो गर्न सकिन्छ भन्ने बारे छलफल गर्ने निर्णय गरियो ।’

नेपाल स्टक एक्सचेन्जले बैंकहरुलाई ब्रोकरेज लाइसेन्स जारी गर्न सूचना प्रकाशन गरे पश्चात बैंकहरुले सबै प्रक्रिया अवलम्बन गरी सो सेवा प्रदान गर्न आन्तरिक तयारी समेत सबै पुरा गरेको अवस्थामा अकस्मात नेपाल स्टक एक्सचेन्जले ब्रोकरेज लाइसेन्स दिने प्रक्रिया स्थगन गरेकोमा पनि संघको ध्यानाकर्षण भएको छ ।

यस विषयमा नेपाल स्टक एक्सचेन्जलाई प्रक्रिया पु¥याएर निवेदन दिएका बैंकहरुलाई तुरुन्तै ब्रोकरेज लाइसेन्स प्रदान गर्न अनुरोध गर्ने निर्णय गरिएको संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकबाट हालै जारी गरिएको परिपत्र मार्फत औसत व्याजदर अन्तर गणना गर्ने विधि लगायतका अन्य कुराहरुमा गरिएको परिवर्तनले गर्दा बैंकिङ्ग क्षेत्र तथा समस्त अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावका बारेमा संघले राष्ट्र बैंकलाई लिखितरुपमा जानकारी गराए पश्चात नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरुका साथ यस विषयमा छलफल भई भएको समझदारी अनुसार उल्लेखित प्रावधानहरुमा संसोधनको लागि अनुरोधन गर्ने निर्णय गरिएको उनले बताए ।

Publish on: