काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गाडी खरिदको लागि सस्तो ब्याजदरको योजना ल्याएकोमा बैंकरसँग असन्तुष्टी जनाएका छन् ।राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंबाट गरेको १४ वटा शाखाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अल्पकालिन अवधीको लागि ऋणको ब्याजदर सस्तो गर्ने र पछि बढाउने योजना बैंकहरुले ल्याएको बताए ।
‘मैले हिजो नाडा अटो शोको उद्घाटनमा देखेको थिए, बैंकहरुले सिंगल डिजिटमा गाडी किन्ने सकिने ऋणको योजना ल्याएका छन्, ऋणीको लागि राम्रो भएपनि अहिले आकर्षित गर्न सस्तो ब्याजदरमा ऋण दिने र पछि ब्याजदर बढाउन भएन,’उनले भने ।
खतिवडाले बैंकरहरु पुनः अल्पकालिन रुपमा बढेको तरलतामा अत्याधिक ऋण दिएर फेरी तरलता संकटको बाटोमा हिडेको बताए ।
‘बैंकहरुले अहिले योजना बनाएर ऋण प्रवाह गरेको देखिएन,अल्पकालिन,मध्यकालिन र दीर्घकालिन योजना बनाएर चल्नुपर्यो,’उनले भने ।
नाडा अटो शोमा सहभागी बैंकहरुले ऋणमा प्रतिस्पर्धा गर्नको लागि बेसरेटको नजिक रहेर अटो लोनको स्किम सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया