काठमाडौं । महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
भदौ ५ गतेका दिन भएको सम्झौतामा महालक्ष्मी विकास बैंकका कर्मचारीलाई नेशनल बैंकिङ इन्स्टिच्यूटले प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ जेएएनबीआई कोर्सलगायत अन्य विविध तालिम प्रदान गर्ने सहमति भएको छ ।
तालिमपश्चात कर्मचारीहरुमा कुशल कार्य सम्पादन क्षमता अभिवृद्धि र सकारात्मक सोचको विकास हुने अपेक्षा सहित समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र नेशनल बैंकिङ ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे ।
SHARE YOUR THOUGHTS