काठमाडौं । एटीएम बुथबाट पिन कोड ह्याक गरी आधा दर्जन बैंकबाट करोडौं रकम चोरी भएपछि राज्य संयन्त्र हाइ अलर्टमा बसेर काम गरिरहेको छ । शनिबार साँझ प्रहरीले ५ ह्याकरलाई पक्राउ गरिसकेको छ ।
राष्ट्र बैंकले थप चोरी हुन नदिन एटीएम सेवाको सर्भर नै डाउन गरेर अनुसन्धान गरिरहेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।
नेपालको भिजा कार्ड सेवा सञ्चालन गर्दै आएको भारतीय कम्पनीको नेपास्थित रिजनल कार्यालयले जानकारी गराएपछि एटीएमबाट पीन नम्बर ह्याक गरी चोरी भएको पत्ता लागेको थियो ।
‘आधा दर्जन बैंकको एटीएम ह्याक गरी करोडौं रकम चोरी भएको भनेर सूचना आउनेवित्तिकै हामी हाइ अलर्टमा बसेर काम गरिरहेका छौं,’ डेपुटी गभर्नर शिवाकोटीले क्लिकमाण्डूसँग भने, ‘थप क्षति हुन दिँदैनौं । र, ह्याकरलाई कारबाहीको दायरामा ल्याउँछौं ।’
कुन बैंकबाट कति चोरी भयो भनेर राष्ट्र बैंकले अध्ययन गरिरहेको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS