वैदेशिक रोजगारीमा जानेको संख्या ३३ % ले घट्यो, विप्रेषण साढे १६ प्रतिशतले बढ्यो « Eglish Khabarhub

वैदेशिक रोजगारीमा जानेको संख्या ३३ % ले घट्यो, विप्रेषण साढे १६ प्रतिशतले बढ्यो



काठमाडौं । आर्थिक वर्ष २०७५-७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेर ८ खर्ब ७९ अर्ब २७ करोड पुगेको छ ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०७५-७६ मा खुद ट्रान्सफर प्राप्ति १५ प्रतिशतले वृद्धि भई ९ खर्ब ९४ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो प्राप्ति १.५ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा वर्षमा ३२.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ९.३ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा वर्षमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।

Publish on: