सहकारीमा स्प्रेड तोक्ने नीतिको सहकारीकर्मी नै विरोधमा « Eglish Khabarhub

सहकारीमा स्प्रेड तोक्ने नीतिको सहकारीकर्मी नै विरोधमा



काठमाडौं । सहकारी क्षेत्रमा लगाईएको सन्दर्भ ब्याजदर (स्प्रेड दर)को विषयमा केही सहकारीकर्मीले विरोध गरेका छन् भने केहीले स्वागत गरेका छन् ।

यसको विरोध गरिरहेको उपत्यका सहकारी संघर्ष समितिले सहकारीमा लगाएको सन्दर्भ ब्याजदरमा असहमति जनाउँदै संघर्षका कार्यक्रम गर्नेदेखि अन्तर्राष्ट्रिय सहकारी महासंघसम्म जाने चेतावनी दिएको छ ।

संघर्ष समितिको माग पुरा नभएको खण्डमा अन्तराष्ट्रिय सहकारी महासंघ तथा अन्तराष्ट्रिय सहकारी महासंघ (एशिया प्रशान्त क्षेत्र) मा समेत आवश्यक जानकारी तथा समन्वय गर्ने, कार्यान्वयन अवज्ञा गर्ने, कानूनी उपचारमा जाने जनाएको छ ।

समितिले सहकारी महासंघलाई ज्ञापनपत्र बुझाउँदै यस्तो जानकारी गराएको हो । संघर्ष समितिको संयोजक टेक प्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउन १६ गते सहकारी विभाग, सन्दर्भ ब्याजदर निर्धारण समितिको निर्णय बमोजिम जारी भएको सन्दर्भ ब्याजदरको सम्बन्धमा हाम्रो गम्भिर असहमति रहेको जानकारी गराउँछौं ।’

नेपालको सहकारी अभियान आजको समयसम्म आईपुग्दा अन्तराष्ट्रिय सहकारी अन्तराष्ट्रिय महासंघ तथा एशिया प्रशान्त क्षेत्रको नेतृत्व तहमा समेत रहिरहेको वर्तमान अवस्थामा सहकारीको चौथो सिद्धान्त स्वायत्तता र स्वतन्त्रताको बर्खिलाप हुनेगरी राज्यद्वारा लगाईएको ब्याजदर संस्थाको कार्यप्रकृति र कार्यक्रम अनुसार स्वतन्त्रतापूर्वक आन्तरिक स्वनिर्णय गर्ने अधिकारको गम्भिर हनन भएकोले अबिलम्ब उक्त निर्णय फिर्ता लिन माग समेत गरिएको छ ।

संघर्ष समितिले तत्काल सन्दर्भ ब्याजदर निर्धारणको निर्णय फिर्ता लिने आवश्यक निर्णय गर्न समेत ज्ञापनपत्र मार्फत आग्रह गरेको छ ।

उक्त विषयमा यथाशक्य चाडो निर्णयको माग गर्दै र आफ्ना माग पुरा नभएको खण्डमा संघर्षका कार्यक्रमको घोषण गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ ।

Publish on: