सिजीले ल्यायो आर्टिफिसियल इन्टेलिजेन्स जडित ८ लाख पर्ने एलजीको टिभी « Eglish Khabarhub

सिजीले ल्यायो आर्टिफिसियल इन्टेलिजेन्स जडित ८ लाख पर्ने एलजीको टिभी



काठमाडौं । चौधरी ग्रुप (सिजी)ले एलजी ओएलइडी टेलिभिजन नेपालमा ल्याएको छ । सिजीले मंगलबार आयोजित एक कार्यक्रममा एलजीका विभिन्न ३ मोडेलका टेलिभिजन सार्वजनिक गरेको हो ।

मोडेल सार्वजनिक गर्दै प्रबन्ध निर्देशक निर्वाणा चौधरीले एलजी आर्टिफिसियल इन्टिलेजेन्स (एआई) सिस्टम भएको पहिलो प्रडक्ट भएको भन्दै यसले टेलिभिजन हेर्ने बानीलाई निकै सहज बनाएको दाबी गरे ।

उनले भने, ‘नेपाली बजारमा यो प्रडक्ट ल्याउँदा हामी निकै खुसी छौं, नविनतम प्रविधि प्रयोग भएकाले टेलिभिजनको श्रव्यदृश्य निकै राम्रो छ ।’

कम्पनीका अनुसार एलजी ओएलइडी टेलिभिजन नविन प्रविधिमा आधारित टिभीहो । जसको मोटाई ४.३३ एमएम छ । कम्पनीका अनुसार यो टेलिभिजन नपत्याउने गरी हलुको र पातलो छ । यो टेलिभिजन ६९ इञ्चमा उपलब्ध छ ।

नयाँ बनोटमा आधारित यो टिभीमा आर्टिफिसियल इन्टिलेजेन्स प्रविधि जडान गरिएको छ । जसमार्फत् टेलिभिजन बोलीको भरमा चलाउन सकिन्छ । त्यसका लागि गुगल एसिस्टेन्ट र अमेजन एलेक्सा प्रविधि जडान गरिएको छ । जसको सहायताले टेलिभिजन सञ्चालन गर्नका लागि आवाज मात्रै निकाले पुग्छ । जसलाई रिमोर्टमै सुविधा थप गरिएको छ ।

कम्पनीले ल्याएको अर्को मोडेल हो एल जी एआई थिन क्यु जसले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सा जस्ता सुविधा प्रयोग गर्न सकिन्छ । जसमा अल्फा ८ जेन२ प्रोसेसर सुविधा छ । जसले तपाईका हरेक गतिविधिलाई नियन्त्रण गर्छ । यसमा ४के एक्टिभ एचडीआर पनि छ । जसले चित्रको गुणस्तर बढाउँछ ।

कम्पनीले ल्याएको अर्को मोडेल हो नानोसेल टेक्नोलोजी । यसले बिस्तृत रंग छनोटले यसको रंग उन्नत गर्दछ । साथै हेर्न फराकिलो कोण दिन्छ । यसले जुन कोणबाट हेर्दां पनि राम्रो दृश्य दिन्छ । नानोसेल टेलिभिजन ५५ र ६५ इञ्चमा उपलब्ध छ ।

यसमा यूएचडी टिभी विशेष तरिकाले बनाइएको छ । यसको आईपीएस ४ के डिप्लेले इस्पस्ट र जीवित चित्र प्रदर्शन गर्दछ ।

कम्पनीका मुलुकभर ३० वटा सर्भिस सेन्टर छन भने १७ वटा स्पेसल आउटलेट सञ्चालनमा छन् ।

कम्पनीका अनुसार यी मोडेलका टेलिभिजनहरु १९ हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म उपलब्ध छन् ।

Publish on: