एनआईसी एशियाको मोवाइल बैंकबाट मोवाइल किन्दा १०% क्यासब्याक पाइने « Eglish Khabarhub

एनआईसी एशियाको मोवाइल बैंकबाट मोवाइल किन्दा १०% क्यासब्याक पाइने



काठमाडौं । एन.आई.सी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिजबीच रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक मार्फत् भुक्तानी गर्दा १०% क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५% क्यास ब्याक प्राप्त गर्न सकिन्छ । यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुने बैंकले जनाएको छ ।

Publish on: