काठमाडौं । सानिमा बैंकले सेयर लगानकिर्ताहरुलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले लगानीकर्ताहरुलाई ११.०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर सहित २१.०५२६ प्रतिशत लाभांश दिने जनाएको छ ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउने छन् । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS