पैसा चोरिएको ५ दिनमा बोल्यो नेप्स, भन्यो- ह्याक कसरी भयो अनुसन्धान गरिरहेका छौं « Eglish Khabarhub

पैसा चोरिएको ५ दिनमा बोल्यो नेप्स, भन्यो- ह्याक कसरी भयो अनुसन्धान गरिरहेका छौं




काठमाडौं । गत शनिबार चिनियाँ ह्याकरहरुले नेपाली बैंकका एटीएमबाट स्वीच ह्याक गरी करोडौं रुपैयाँ निकालेको घटनाबारे स्वीचिङ कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै नेप्सले कम्पनीका केही सदस्य बैंकका विभिन्न कार्डहरुबाट अन्य भिसा नेटवर्क अन्तर्गतका एटीएम मेसिनहरुबाट अनाधिकृत रुपमा नगद रकम निकालिएको सन्दर्भमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘यस सम्बन्धमा कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमनकारी निकाय आदीसँग समन्वय गरी अनुसन्धान गरिरहेका छौं ।’

कम्पनीले हाल केही समयका लागि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएम/पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार प्रयोग गर्न अनुरोध समेत गरेको छ ।

साथै उक्त घटनाबाट कुनै पनि ग्राहकको खातामा रहेको रकममा कुनै असर नभएको र निक्षेपकर्ताका रकम बैंकमा सुरक्षित रहेको समेत बताएको छ ।

Publish on: