काठमाडौं । हार्ले डेभिडसनको बाइक विश्वको तेस्रो सबैभन्दा महङगो बाइक बनेको छ ।
सन् १९७६ मा बनेको हार्ले डेभिडसन एफएलएच १२०० इलेक्ट्रा ग्लाइड मोडलको बाइक विश्वकै तेस्रो बाइक बनेको हो । उक्त बाइक भर्खरै जीडब्लुएस अक्सन कम्पनीले लिलामीमा राखेको थियो ।
उक्त बाइक २ मिलियन अमेरिकी डलरसम्ममा लिलामी हुने अपेक्षा गरिएको थियो । अपेक्षा गरिएको पैसामा लिलामी भएको भए यो बाइक विश्वकै सबैभन्दा महङगो बाइक बन्ने थियो ।
तर अगस्ट ३१ मा यो बाइक अपेक्षा गरिएको रकमको एक तिहाई रकम अर्थात ८० हजार अमेरिकी डलरमा मात्रै लिलामी भएपछि विश्वकै सर्वाधिक महंगो बाइक बन्नबाट चुक्यो । र, विश्वको तेस्रो महङगो बाइकमै सीमित भयो ।
सन् १९७६ मा एल्भिस प्रेस्लेले यो बाइक किनेका थिए । ३ महिना मात्र प्रयोग गरेको यो बाइक उनले आफू मर्नुभन्दा केही समय अघि हार्ले डेभिडसनलाई बेचेका थिए ।
नयाँ मालिकले किनेको भएपनि यो बाइक एल्भिसकै नाममा छ । बाइकको ओडोमिटरमा जम्मा २०० किलोमिटर गुडेको रेकर्ड छ ।
लिलामीमा सर्वाधिक महंगोमा बिक्री हुने बाइकको सूचीमा अहिले भिन्सेन्ट ब्लाक लाइटिनिङ बाइक छ । गत वर्ष यो बाइक ९२९ हजार अमेरिकी डलरमा बिक्री भएको थियो ।
SHARE YOUR THOUGHTS