काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ हजार किलो चाँदी बिक्री गर्ने भएको छ । कम टच भएका चाँदी बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा रहेका ९९५ र सोभन्दा कम टच भएका चाँदी जे जस्तो अवस्थामा छन् । सोही अवस्थामा बिक्री गर्न लागिएकाले इच्छुक व्यक्ति व्यवसायिक फर्मले आफूले परिमाण खरिदका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र चाँदी खरिदका लागि आवेदन दिन सकिने महाशाखाकाले जनाएको छ । सम्भव भएसम्म निवेदन प्राप्त भएको दिन नभएमा त्यसपछिको शुक्रबार बाहेकको कार्यदिनमा चाँदी बिक्री गरिनेछ ।
खरिदकर्ता एकभन्दा धेरै भएमा अधिकतम तौला खरिद गर्न चाहने खरिदकर्तालाई प्राथमिकता दिने मौजाद रहेसम्म क्रमशः बिक्री गर्दै जाने बैंकको तयारी छ ।
अधिकतम तौल खरिद गर्न चाहने खरिदकर्ता एकभन्दा बढी भएमा दामासाहीले बिक्री गर्ने योजना बनाइएको छ ।
राष्ट्र बैंक सुन चाँदी तथा अन्य धातु खरिद टकमरी र बिक्री सम्बन्धि कार्यविधि २०७५ को व्यवस्था बमोजिम नेपाल सुन चाँदी व्यवसायी महासंघले निर्धारण गरेको शुद्ध चाँदीको दैनिक बिक्री मूल्य बमोजिम गुणस्तर अनुसार समायोजित मूल्यमा चाँदी बिक्री गरिनेछ ।
महाशाखामा लेखांकन गरिएको गुणस्तरलाई नै चाँदीको अन्तिम गुणस्तर मानी सोही अनुसारको मूल्यमा बिक्री गरिने र गुणस्तरमा फरक परेको कारणले हुने नोक्सानी खरिदकर्ता स्वयमले नै व्यहोर्नुपर्ने छ ।
SHARE YOUR THOUGHTS