काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार लिने भनिएको एमबीबीएसको प्रवेश परीक्षा रोकन् आदेश दिएको छ ।
शुक्रबार आयुष ओझा समेतले चिकित्सा शिक्षा ऐन विपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै रिट हालेको रिटमा न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले दुबै पक्षलाई राखेर छलफल गर्नुपर्ने भएकाले परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो ।
अदालतले भदौ २५ गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ ।
‘सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ (२) (ख) बमोजिम तत्कालै यथास्थितिमा राखी छलफलको निम्ति भदौ २५ गते आउनु भनी प्रत्यर्थीहरुलाई म्याद सूचना जारी छलफलको लागि पेशीको सूचना महान्यायाधीवक्ताको कार्यालयलाई समेत दिई उपस्थित भए वा गुजारेपछि नियमानुसार गर्नू’ आदेशमा भनिएको छ ।
SHARE YOUR THOUGHTS