प्रभु बैंकको कालाबञ्चर शाखा संचालननमा « Eglish Khabarhub

प्रभु बैंकको कालाबञ्चर शाखा संचालननमा



काठमाडौं । प्रभु बैंकले कालाबञ्चर शाखा संचालनमा ल्याएको छ ।

बैंको शाखा बराह क्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गरे ।

नगरप्रमुख श्री निलम खनाल ज्यू ले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्नु हुँदै प्रभु बैंकको सफलता को कामना गर्दै आप्mनो मन्तव्य राखेका थिए ।

बैंकको कालाबञ्जर शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको कालाबञ्जर शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कालाबञ्जर शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Publish on: