ज्योति विकास बैंकले भदौ २३ गते सोमबारको दिन काठमाण्डौको सिनामंगलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको छ। बैंकको यस नयाँ शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राङ्गण भित्रै अवस्थित छ।
काठमाण्डौ महानगरपालिका वडा नं ९, सिनामंगलस्थित ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक श्री राज कुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे । कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राज कुमार क्षेत्रीले बैंकको नयाँ शाखाले विमानस्थल प्राङ्गण भित्रै पनि बैंकिङ्ग सेवा पुगेको कारण आम जनतालाई अझ सहज भएको बताए । साथै, बैंकलाई हरेक ढंगले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरे ।
कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझ सुधार उन्मुख रहने प्रतिबद्धता व्यक्त्त गरे ।
यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताए ।
SHARE YOUR THOUGHTS