काठमाडौं । यसअघि भूकम्प पीडितहरुले घर निर्माणका लागि सामूहिक लगानीमा निब्र्याजी ऋण लिने पाउने व्यवस्था खारेज भएको छ ।
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिक २०७५ संशोधन गर्दै भूकम्प पीडितहरुले घर निर्माणको लागि सामूहिक लगानीमा निब्र्याजी ऋण पाउने व्यवस्था खारेज गरेको छ ।
राष्ट्र बैंकको अनुसार ऋण उपलब्ध गराउने कार्यविधि २०७४ बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जाको ब्याज, बीमा एवम् सुरक्षण शुल्क बैंक वा वित्तीय संस्थावाट माग भई आएमा सरकारले खडा गरेको कोष खर्च गरी राष्ट्र बैंकको बैंकिङ कार्यालयले उपलव्ध गराउने जनाएको छ ।
कार्यविधिमा भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म लिन पाउने व्यवस्ता रहेको थियो ।
राष्ट्र बैंकका अनुसार भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ असार मसान्तमा २ अर्ब २१ करोड रहेको उल्लेख छ । यस्तो कर्जा १ हजार ५ सय ७८ जना ऋणीले लिएको राष्ट्र बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS