नेपाल पान मसला उद्योगले गर्यो राजस्व असुली, ७ करोड बिगो दाबी « Eglish Khabarhub

नेपाल पान मसला उद्योगले गर्यो राजस्व असुली, ७ करोड बिगो दाबी



काठमाडौं । नेपाल पान मसला उद्योगले राजस्व छली गरेको छ । अन्तशुल्क,मूल्य अभिबृद्धि कर,आयकर छली गरेको हो ।

प्रोप्राइटर कुतबुद्दिन शेष समेतले प्रचलित कानून बमोजिम अन्तःशुल्क स्टिकर टाँस नगरिएको तथा खरीद खाता, बिक्री खाता, उत्पादन खाता, अन्तःशुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्ट, विद्युत खपतको विवरण एवम् उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ्ग मटेरियल खपत प्रयोग अनुपातको आधारमा छानवीन तथा अनुसन्धान गर्दा प्राप्त प्रमाणको आधारमा प्रतिवादीले कच्चा पदार्थको हिसाब किताब एवम् लेखा लापरवाही तथा त्रुटिपूर्ण तरिकाले राखेको भेटिएको थियो ।

प्रचलित कानून बमोजिम कच्चा पदार्थ एवम् प्याकेजिङ्ग मटेरियलको खपत र सो बाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नर्म्स अनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्री वितरण गरेको देखिँदा उक्त कार्य राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन द्दण्छद्द को दफा ४ ९क० र ९ख० अनुसार राजस्व चुहावट मानिने कार्य गरेको देखिएको राजस्व अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ ।

राजस्व अनुसन्धान विभागको छानबिनले कारोबारसँग सम्बन्धित कागजातहरुको विश्लेषण, राजस्व चुहावट गरेको विवरण तथा राजस्व चुहावटसँग सम्बन्धित बरामद भएको अन्तःशुल्क स्टिकर नलगाएको गुट्खाको छानवीन तथा विश्लेषण गर्दा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन अनुसार ७ करोड ५२ लाख बिगो राखेर मुद्दा दायर गरेको छ ।

Publish on: