काठमाडौं । एनआइसी एशिया बैंकले मोरङमै ३ वटा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखा कार्यलय सञ्चालनमा ल्याएको हो ।
नयाँशाखा कार्यालयको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका छन् ।
त्यस्तैगरी बैंकले विराटनगरमा नै हाटखोलास्थित हाटखोलामा पनि शााखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरेका हुन् ।
शाखा विस्तारसँगै बैंकका ग्राहकहरुले आफूलाई पायकपर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
हाल बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटीएम, ५८ वटा एक्स्टेन्सन काउन्टर एवम ४१ वटा शाखारहित बैंकिङमार्फत् करिब १८ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
SHARE YOUR THOUGHTS