सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा नेपाल लाइफको अग्रता « Eglish Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा नेपाल लाइफको अग्रता



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से मापन गर्ने सूचक १७.८७ अंकले घटेर ११४०.०१ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापनगर्ने सेन्सेटिभ इन्डेक्स ३.७९ अंकले घटेर २५०.०१ बिन्दुमा रोकिएको छ । १६२ कम्पनीको १० लाख ९० हजार २१८ कित्ता सेयर २८ करोड ८० लाख ९९ हजार ९१२ रुपैयाँको सेयर कारोबार भएको छ । ११ वटा कम्पनीको कारोबारमा सबैमा गिरावट देखिएको छ ।

कारोबारमा बैंंकिङ १९.६९, होटल २४.२४, विकास बैंक १५.२९, निर्जीबन बीमा कम्पनी ५८.२५, उत्पादन तथा प्रशोधन २७.९३, माइक्रोफाइनान्स १९.४६, जीवन बीमा समूहको उपसूचक ६६.०८ अंकले गिरावट आएको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ नेपाल लाइफको १ करोड ८२ लाख ५२ हजार ३६८ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र सानिमा बैंक रहेका छन् ।

आइतबारको कारोबारमा रिलायन्स फाइनान्स, सिन्धु विकास बैंक, नबिल इक्विटी फण्ड, नेपाल लाईफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन भने गणपति माइक्रोफाइनान्स वित्तीय संसथा, हिमालयन उर्जा विकास कम्पनी, हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: