काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले सेयर बजारमा लगानीकर्ताहरुको विश्वास बढाउनु पर्ने अवस्था आएकोले दोस्रो बजारका खेलाडीहरुले खेल्ने यो उपयुक्त समय भएको बताएका छन् ।
कर्मचारी सञ्चय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा मन्त्री खतिवडाले यस्तो बताएका हुन् । ‘अहिले बैंकहरुको नाफा बढिरहेको छ, वित्तीय प्रणाली सबल भइरहेको छ, राजनीतिक स्थायित्व भएको छ, करको समस्या समाधान भएको छ, यति भएपछि अब दोस्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने यो उपयुक्त समय हो, यसमा सार्वजनिक संस्थाहरु सकृय भएर लाग्न अनुरोध गर्दछु’ मन्त्री खतिवडाले भने ।
पुँजी बजारमा दिर्घकालीन प्रकृतिका पूर्वाधार निर्माण गर्न कर्मचारी सञ्चयकोषको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मन्त्री खतिवडाले प्राथमिक बजारमा कोषको भूमिका महत्वपूर्ण हुने भएकाले त्यही अनुसार लाग्न पनि आग्रह गरे ।
उनले भने ‘दोस्रो बजारमा तपाईहरु जान अहिले कानूनले दिँदैन, त्यहाँ नागरिक लगानी कोष जस्ता संस्थाहरुले भूमिका खेल्नु पर्छ । हामीलाई चाहिने स्वपुँजी पाउने भएकोले प्रयास गरेर नै भएपनि पुँजी बजारको विकास गर्नैपर्ने मन्त्री खतिवडाले दाबी गरे । पुँजी बजार सेयर र बण्डको दुवैको बजार विकासीत भइरहेको समयमा लगानीकर्ताले त्यसमा लगानी गरेर मुलुकको विकासमा लाग्न पनि सबैलाई आग्रह गरे । लगानी बढाउने बातावरण तयार हुने पनि उल्लेख गरे ।
SHARE YOUR THOUGHTS