काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको पुँजी बजारप्रतिको उदासिनताका कारण लगानीकर्ताको अर्बौको सम्पत्ति लिलामीमा जान लागेको भन्दै लगानीकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै गुहारेका छन् ।
मंगलबार लगानीकर्ताका ४ वटै संगठनले संयुक्त विज्ञप्ति जारी गर्र्दै छिटो भन्दा छिटो प्रधानमन्त्रीलाई पूँजीवजारको समस्या अवगत गराउँन चाहेको भन्दै त्यसको लागि बाताबरण बनाइदिन आग्रह गरेका छन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा बजारको वर्तमान विषयमा जानकारी गराउन चाहेकोले भेटघाटको लागि समय मिलाउन प्रधानमन्त्रीलाई अनुरोेध गरेका छन् ।
अर्थमन्त्री खतिवडालाई बर्खास्त गर्न सेयर लगानीकर्ताको माग, दिए यस्तो चेतावनी
भविष्यमा बढीभन्दा बढी सर्बसाधारणलाई पुँजी बजारमा ल्याई निष्कृय रहेको पूँजीलाई संकलन गरी बिकास निर्माण कार्यमा परिचालन गर्ने वातावरण मिलाउन जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूँजी बजारलाई देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिईने विश्वव्यापी मान्यतालाई कुनैपनि हालतमा नर्कान सकिँदैन । तर नेपालमा दुई तिहाई बहुमत सहितको सत्तासिन सरकारका अर्थमन्त्रीबाट पूँजीवजारप्रति देखाएको उदासिनता र अभिव्यक्तिले समग्र पूँजी बजारमा करिव ४० प्रतिशतको संकुचन आएको लगानीकर्ताको ठम्याई छ ।
पूँजी बजारको विकास तथा आम लगानीकर्ताको विश्वास अक्षुष्ण राख्न र विगत केही समय देखि अप्रत्याशितरुपमा लगातार दोहोरो अंकले नेप्सेको सूचाङ्क घट्दै गइरहेको सन्दर्भमा हामि लगानीकर्ता संगठनहरुको गम्भिर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
सरकारको अबको प्रमुख लक्ष्य आर्थिक समृद्धि र दिगो विकास भएपनि मन्त्रालय सेबोन, नेप्से र सिडिएससी जस्ता निकायहरुले आ-आफ्नो जिम्मेवारीबाट पञ्छिदा त्यो सम्भव नरहेको उनीहरुको ठम्याई छ ।
पूँजी बजारमा गर्नुपर्ने अल्पकालीन, मध्यकालिन, दिर्घकालिन सुधारका कार्यक्रम र ५८ बुँदामा समावेश भईसकेको स्मरण गराउँदै उक्त बुँदामा रहेको सुधारात्मक कार्यक्रमहरु कार्यान्वयन गर्नमा आनाकानी गरिरहेको, हालसम्म औषत भारित मूल्यको आधारमा पूँजीगत लाभकर लगाउने समबन्धमा कुनै पनि निकायहरुवाट समस्याको समाधान गर्न चासो नदेखाएको प्रति लगानीकर्ताहरुले चिन्ता जनाएका छन् ।
SHARE YOUR THOUGHTS