काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीट एकाउन्टबाट मंगलबार बिहान तीनवटा भाषामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएर ट्वीट गरे ।
प्रधानमन्त्री ओलीले अंग्रेजी,हिन्दी र मोदीको मातृभाषा गुजराती भाषामा ट्वीट गरेर मोदीलाई जन्मदिनको शुभकामना दिएका थिए ।
त्यसको जवाफ भने भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा फर्काएका छन् । मोदीले मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहेको छ र यहाँको शुभकामनाको अत्यन्तै कदर गर्ने उल्लेख गरेका छन् ।
ट्वीट डिप्लोमेसीमा मोदीले जुन देश गएका हुन्छन् त्यही देशको भाषामा ट्वीट गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीले पनि तीनवटा भाषाबाट मोदीलाई शुभकामना दिएर ट्वीट ड्रिप्लोमेसीको प्रयोग गरेका थिए ।
SHARE YOUR THOUGHTS