काठमाडौं । सनराइज बैंकले लगानीकर्तालाई १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस र ५.८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले बोनसको लागि भन्दै ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ १० पैसा छुट्याएको छ । यस्तै नगद लाभांश तर्फ ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ ३६ पैसा छुट्याएको छ ।
बैंकको मंगलबार बसेको ३२६ औं बैठकले २०७६ असार मसान्तसम्मको मुनाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिन लागेको छ ।
बैंंकको उक्त प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपनि लगानीकर्ताले पाउने छन् ।
SHARE YOUR THOUGHTS