काठमाडौं । माछापुछ्रे बैंक लिले १९ औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजना ल्याएको छ । बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुछ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ ।
यस वर्ष पनि बैंकले बैंकिङ कारोबार सुरु गरेकोे १९ वर्ष पूरा गरी २० औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखामार्फत् विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो ।
बैंकले ग्राहक महानुभावहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ । भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क रुपमा खोलिदिनेछ । त्यस्तै माछापुछ्रे महोत्सव अन्तर्गत देशभरका भाटभटेनी सुपरमार्केटहरुमा माछापुछ्रे बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरिद गर्दा १० प्रतिशतसम्मको क्यास व्याक अफर सुविधा प्रदान गर्नेछ ।
योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा बढिको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आईएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुटलगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ ।
बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको भरपुर फाइदा उठाउन इच्छुक महानुभावहरुले आफ्नो नजिकको शाखामा गई माछापुछ्रे महोत्सवमा सहभागी हुन सक्ननेछन् ।
स्थापनाको २० वर्षमा आइपुग्दा बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराइसम्म आफ्ना १३७ वटा शाखाहरु, १२८ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २६५ स्थानबाट बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १६० वटा एटीएमहरु सञ्चालनमा छन् ।
SHARE YOUR THOUGHTS