एनसेलले ल्यायो ‘मेरो प्लान’ योजना « Eglish Khabarhub

एनसेलले ल्यायो ‘मेरो प्लान’ योजना



काठमाडौं । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ । जसअन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् ।
यहि बुधबार असोज १ गतेदेखि लागू हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा योजनाहरु छन् ।

यी योजनाहरु अन्तर्गत ग्राहकले योजनाको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवाप्रयोग गर्न सक्नेछन् ।

यस बाहेक, यी योजना अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशता भनेको प्रत्येक योजनामा बण्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफैं डेटा बन्द हुने सुविधा हो ।

ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताका लागि विषेश रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।

ग्राकहले कर सहित २५४.१० रुपैयाँमा १ जिबी डेटा भोल्युम र करसहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने योजना १९९ लिन सक्नेछन् ।

यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले कर सहित मात्र रु ८९.३८ मा थप १ जिबी प्याक सूचारु गरी सुलभ दरमा डेटा सेवाको मजा लिन सक्नेछन् ।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र रु १.१५ प्रति मिनेट अन नेट भ्वाइस सेवा ३८१.७९ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडि नै सकिएमा ग्राहकले मात्र १२७.६९ रुपैयाँमा थप २ जिबी प्याक सूचारु गर्न सक्नेछन् ।

आफ्नो आवश्यकताअनुसार ग्राहकले पाँचमध्ये कुनै पनि एक योजना लिन सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको योजना ४९९ र १५ जिबी डेटा रहेको योजना ७९९ पनि रहेका छन् । ग्राहकले रु ६३७.१७ रुपैयाँमा योजना ४९९ लिन सक्छन् । यो योजनामा मात्र १.०२ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ ।

योजनामा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबी डेटाको प्याक १९१.५४ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यस्तै योजना ७९९ अन्तर्गत १०२०.२४ योजनामा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्रभ्वाइस सेवालिन सकिन्छ ।

यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र ३८३.०७ रुपैयाँमा थप ७ जिबी डेटा भोल्युमलिन सक्नेछन् ।

मासिकरुपमा बढी डेटाको आवश्यकता रहेका ग्राहकका लागि एनसेलले योजना ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र १२७५.६२ रुपैयाँमा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उक्त योजनामा भएको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा योजनामा रहेकाग्राहकले मात्र ५१०.७६ रुपैयाँमा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँचमध्ये कुनैपनि योजना सुचारु गर्ने ग्राहकले कर सहित मात्र ०.६४ रुपैयाँमा एनसेल नेटवर्कभित्र एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।

ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । यस योजनामा समावेश गरिएका थप डेटा प्याकहरु खरिद गर्न ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी योजनाअनुसारको डेटा लिन सक्नेछन् ।

यस योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महिना स्वतःनविकरण हुनेछ । प्लान नविकरण हुनको लागि ग्राहक मोबाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु पर्दछ ।

मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट कर सहित रु २.५४ र एसएमएस सेवा कर सहित प्रति एसएमएस रु १.२८ माप्रयोग गर्न सक्नेछन् । यो योजना लागू भएको दिनदेखि ३ महिनाको लागि मान्य हुनेछ ।

Publish on: