काठमाडौं । प्रभु बैंकले बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशब राज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णु प्रसाद शर्माले संयुक्त रुपमा समुद्घाट्न गरेका छन् ।
बागलुङ्ग जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।
प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा ३२ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS