काठमाडौं । जनता बैंकले सामाजिक उत्तरदायित्व अन्गर्तत दोर्दी गाउँपालिका हिले बजार स्थित श्री फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।
लमजुङ जिल्लाको विकट ठाँउमा रहेकोे यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको बैंकले जनाएको छ । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अयोजित एक कार्यक्रमकाबिच दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गरेका थिए ।
जनता बैंकले हाल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमीत बैंकिङ इकाईबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्