एनआरएन मलेसियाका अध्यक्ष भट्टराईले भने- गलत नियत राखेर एनआरएनमा आउने कारबाहीमा पर्छन « Eglish Khabarhub

एनआरएन मलेसियाका अध्यक्ष भट्टराईले भने- गलत नियत राखेर एनआरएनमा आउने कारबाहीमा पर्छन




काठमाडौं । अध्यक्षमा निर्वाचित भइसकेपछि गैर आवासीय नेपाल संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले जोहरस्थित क्षेत्रीय शाखा कार्यालय उद्घाटन गरेका छन् ।

उक्त कार्यलयमार्फत् जोहर क्षेत्रमा समस्यामा परेका नेपालीहरुका लागि सहयोग गर्न र उनीहरुलाई सम्पर्क स्थापित गर्न सहज हुने भट्टराईले विश्वास व्यक्त गरे ।

एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हालै चयन भएको गैर आवासीय नेपाली संघ मलेसियाका कार्यसमितीलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले ‘एक रात, नेपाली श्रमिकका साथ’ नारा सहितको कार्यक्रम तय गरिएको समेत बताए । उक्त कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको एक रात मलेसियामा कार्यरत नेपालीसँग बसेर उनीहरुको समस्याको पहिचान गर्ने बताए ।

उनले यस कदमले मलेसियामा रहेका कुनै पनि नेपाली समस्यामा परी सम्पर्कमा आए एनआरएनए मलेसियाले जस्तो सुकै सहयोग गर्ने बताए । अध्यक्ष भट्टराईले आगामी दिनमा पेनाङ, इपो, मेलाका, पोर्ट केलाङ, यी रजेयाहरुमा समेत शाखा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।

साथै, मलेसियाको एनआरएनमा गलत नियतले प्रवेश गरेकाहरुलाई पनि कारबाही गर्ने भट्टराईले घोषणा गरेका छन् । उनले भने, ‘गलत काम गर्ने र बच्नका लागि एनआरएनमा प्रवेश गर्नेहरु धेरै संख्यामा रहेछन अब उनीहरु पनि कारबाहीमा पर्छन् ।’

भट्टराईले नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको भन्दै यसमा एनआरएन मलेसियाले सक्दो सहयोग गर्ने बताए । यसका लागि मलेसियामा पर्यटन सम्वन्धी विभिन्न कार्यक्रम गर्न जोहोर शाखा र एनआरएन मलेसिया केन्द्र तयार रहेको समेत भट्टराईले बताए ।

यसअघि एनआरएनए मलेसियाले बिभिन्न क्षेत्रमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न १४ लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गरिसकेको थियो ।

Publish on: