१६ मंसिर २०८२, सोमबार

दोस्रो बजारमा हाइड्रोपावरको सेयर नाजुक बन्दा शिव श्रीले साढे ३३ लाख कित्ता आइपिओ बिक्री गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जलविद्युत् कम्पनीका सेयर दोस्रो बजारमा पानी समेत पिउन नसक्ने अवस्थामा पुगेको बेला अर्को एक कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ ।

शिवश्री हाइड्रो पावरले यही असोज १६ गतेदेखि साधारण सेयर बिक्रीको तयारी गरेको हो । सो कम्पनीले कूल ३३ लाख ५१ हजार १४० कित्ता साधारण सेयर बिक्रीको तयारी गरेको छ ।

कूल ३३ करोड ५१ लाख १४ हजार बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको हो । कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने २२ करोड १४ लाख ६० हजार बराबरको १०० रुपैयाँ अंकित दरका २२ लाख १४ हजार ६०० कित्ता स्थानीय बासिन्दाका लागि बिक्री गरिएको थियो ।

त्यस मध्ये बाँकी रहन गएको ११ करोड ३६ लाख ५४ हजार बराबरको ११ लाख ३६ हजार ५४० बराबरको कित्ता समेत गरी कूल ३३ लाख ५१ हजार १४० कित्ता साधारण सेयर बिक्री गर्न लागिएको हो ।

आवेदन दिनेले न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । सो कम्पनीको सेयर छिटोमा यही असोज २४ गतेसम्म र ढिलोमा आगामी कात्तिक १५ गतेसम्म बिक्री हुने छ ।

कम्पनीले निर्माण गरेको आयोजनाको कूल लागत ४ अर्ब ९८ करोड ५९ लाख ९६ हजार ५१४ रहेको छ । यस आधारमा प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार ४३७ रहेको छ ।

आयोजनाबाट लगानी फिर्ता हुने अवधि ९ वर्ष रहेको छ । कम्पनीले सिन्धुपाल्चोकमा २२ मेगावाट क्षमताको चाुक ए जलविद्युत् आयोजना निर्माण गरेको छ ।