दशैंमा नयाँ गाडी किन्नेलाई उपहारको बहार, कुन गाडीमा कति छुट ? « Eglish Khabarhub

दशैंमा नयाँ गाडी किन्नेलाई उपहारको बहार, कुन गाडीमा कति छुट ?



काठमाडौं । गाडी खरिद गर्न चाहने ग्राहकका लागि राम्रो अवसर भएको छ । किनभने दशैंको अवसरमा गाडी बिक्रेता कम्पनीहरुले आकर्षक छुटका अफरहरु ल्याएका छन् । हरेक वर्ष दशैंमा कम्पनीहरुले ग्राहकलाई लक्षित गरी सवारी खरिदमा विभिन्न अफरहरु ल्याउँदै आएका छन् ।

नेपालीहरुको परम्परागत मान्यता पनि घरमा नयाँ सामान भित्र्याउनलाई शुभसाइत दशैं अथवा तिहार हो । यसैकारणले पनि दशैंंको अवसरमा गाडी उत्पादक तथा वितरक कम्पनीहरुले सामान्य समयमा भन्दा विशेष छुटका योजनाहरु ल्याएका हुन्छन् ।

प्रत्येक वर्ष दशैंभन्दा १ महिना पहिले सञ्चालन हुने नाडा अटो शोले पनि गाडीका शौखिनलाई दशैं लक्षित गरी छुटका अफरहरुमा गाडी खरिद गर्न मद्दत गर्दछ ।

दशैंको समयमा गाडी शो-रुममा सवारी हेर्ने, छान्ने र बुकिङ गर्ने क्रम तीव्र बढिरहेको छ । नेपालमा १ वर्षमा बिक्री हुने सवारीको ४० प्रतिशत बिक्री नाडा अटो मेला र दशैंको बेला हुने गर्दछ ।

यो वर्षको दशैंलाई लक्षित गर्दै विश्वका ठूला सवारी उत्पादक कम्पनीद्वारा उत्पादित सवारीहरुमा नेपालका वितरक कम्पनीहरुले छुटका अफरहरु सार्वजनिक गरेका छन् ।

दशैंलाई लक्षित गरी छुटका अफरहरु ल्याउनेमा सुजुकी, हुन्डाइ, निसान, ड्याटसन, रेनो, टाटालगायत छन् ।

कसको दशैं अफर के ?

हुन्डाइ: हुन्डाइको नेपालका लागि आधिकारी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिवल डिलाईट’ नामक स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको अफरमा ग्राहकहरुले तिहारसम्म हुन्डाइका विभिन्न गाडीहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको चाडपर्व योजनामा हुन्डाईको गाडी खरिद गर्ने ग्राहकलाई लक्की ड्रबाट एक–एक थान सेन्ट्रो र भेन्यू उपहार र १० जना लक्की ड्र विजेतालाई दुवई भ्रमण तथा १ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षसम्मको निशुल्क बीमा र हुन्डाईका सबै गाडी खरिदमा ३ वर्षसम्मको वारेन्टी र ४ वर्षसम्म सर्भेसिङ फ्रि दिने भएको योजना ल्याएको छ ।

सुजुकीः सुजुकीको नेपालका लागि आधिकारिक वितरक कम्पनी सिजी मोटर कर्पले प्रत्येक वर्ष झैं यो वर्षपनि दशैं तिहारलाई लक्षित गरी अफर ल्याएको छ । कम्पनीले ‘सुजुकी पर्वोत्सव’ नामक अफर योजना यो वर्षको दशैं-तिहारमा आफ्ना नयाँ ग्राहकहरको लागि ल्याएको बजार प्रबन्धक करण शाक्यले जानकारी दिए ।

कम्पनीले ल्याएको पर्वोत्सवमा सुजुकीका प्रयोक गाडी खरिद गर्दा २ लाखसम्मको क्यास डिस्काउण्ड, १ वर्षसम्म निः शुल्क सवारी कर, १ लाख रुपैयाँसम्म स्क्रयाच कार्डमार्फत् नगद फिर्ता र १ लाख रुपैयाँ एक्सचेञ्ज बोनस दिएको कम्पनीले जनाएको छ ।

टाटाः नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले दशंैमा टाटा मोटर्सको गाडीहरू ग्राहकहरुलाई दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले यो वर्षको चाडपर्वको अवसर पारेर आफ्नो नयाँ योजना ‘दशैंमा टाटा मोर्टस् सबको घरमा स्योर सट गिफ्ट साथै बम्पर उपहार हातमा’ नामक योजना ल्याएको बजार प्रबन्धक रुपम श्रेष्ठले जानकारी दिए ।

कम्पनीले ल्याएको विभिन्न दशैं योजनामा टाटाका सवारी खरिद गर्दा तथा गाडी बनाउँदा छुट तथा उपहार दिने भएको हो । जसमा टाटाका गाडी ट्रक टिपर किन्दा स्योर सट गिफ्टहरुमा थाइल्याण्ड, दुवई, रसिया, साउथ अफ्रिका भ्रमण तथा वासिङ मेशिन, माइक्रो वोभन, टिभी, मोबाइल, क्यामरालगायतका उपहार दिने कम्पनीले जनाएको छ ।

साथै बम्पर लक्की ड्रमा ७ जना जोडीलाई क्रुज भ्रमण, १५ जनालाई दुवई भ्रमण र १३ जनालाई एलजीको फ्रिज, १५ जनालाई सोनीको ५५ इञ्चको टिभी, एलजीको वासिङ मेशिन १३ जनालाई सामसुङको नोट १० मोबाइल उपहार दिने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले दशैँ सर्भिस क्याम्प, दशैँ स्पेशल अफरमा निः शुल्क बम्पर टु बम्पर चेकअप, निः शुल्क ब्याट्री चेकअप, निः शुल्क एफआइपी चेकअप, निः शुल्क एअर सस्पेन्स चेकअप, प्रत्येक दिन विविध कार्यक्रम तथा उपहार जित्ने अवसर दिएको छ ।

टोयटा: जापानिज कम्पनी टोयटाको नेपालको लागि आधिकारिक वितरक कम्पनी युनाइटेड टे«डर्स सिन्डिकेटले टोयटाका केही गाडीहरुमा दशैंका स्कीम राखेको छ । कम्पनीले टोयटाका एसयूभी रस मिड एमटी खरिदमा दशैं अवधिभरका लागि नगद छुटको स्कीम ल्याएको हो ।

कम्पनीले अन्य समयभन्दा एसयूभी रस खरिदमा ३ लाख ५० हजार रुपैयाँ छुट दिएको छ । अफर दिनुभन्दा अगाडि ७३ लाख ५० हजार रुपैयाँमा बिक्री गरिरहेको रस मिड एमटी दशैं अवधिभर कम्पनीले ७० लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ ।

ड्याटसनः नेपालको पायोनियर मोटो कर्प प्रालिले चाडपर्व लक्षित गर्दै ‘फेस्टिवल हट डिल’ नामक स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको दशैं स्कीम ड्याटसनको न्यू गो र ड्याटसन रेडी गो खरिद गर्ने ग्राहकहरुले पाउने छन् ।

ड्याटसनको न्यू गोको मूल्यमा ३ लाख ४० हजार ६४६ रुपैयाँ र रेडी गोको मूल्य ३ लाख २२ हजार ६९६ रुपैयाँसम्म छुट दिने घोषण गरेको छ । यी गाडी खरिद गर्ने ग्राहकले ५० हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्म छुट, ९९ हजार रुपैयाँसम्मको एक्सेसिरिजहरु पाउनुका साथै १ वर्षको निःशुल्क बीमा कम्पनीले गरिदिनेछ ।

यसका साथै कम्पनीले ड्याटसनको न्यू गो र ड्याटसन रेडी गो खरिद गर्ने ग्राहकहरुलाई लक्की ड्र गरी १० जनालाई मलेसिया भ्रमण, ५ जनालाई १० ग्राम सुन र प्रत्येक ग्राहकलाई ३१ हजार ९९९ रुपैयाँको एमआई ८ लाइट उपहार दिने जनाएको छ ।

निसानः नेपालमा निसान मोर्टस्को आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले चाडपर्व लक्षित गरी स्कीमहरु ल्याएको छ । कम्पनीले निसानका हरेक गाडी खरिदमा एट्याट्रिभ क्यास डिस्काउण्डमा ५ लाख रुपैयाँसम्म र फेस्टिबल ड्राइभ क्यास डिस्काउण्डमा ३ लाख रुपैयाँसम्म छुट दिएको छ ।

त्यसैगरी ९५ हजार ९ सय रुपैयाँसम्मको एक्सेसिरिजहरु दिने, १ वर्षको रोड ट्याक्स र ३ वर्षसम्म सर्भेसिङ फ्रि गरिदिने कम्पनीले जनाएको छ । दशैं अफरमा नै कम्पनीले लक्की ड्र गरी १० जनालाई थाइल्याण्ड भ्रमण र १० ग्राम सुनका सिक्का दिने भएको छ ।

रेनो: रेनोको नेपालको आधिकारिक वितरक कम्पनी एड्भान्स अटोमोबाइलले दशैंमा रेनोका गाडी खरिद गर्ने ग्राहकहरुका लागि स्कीम ल्याएको छ ।

कम्पनीले ल्याएको ‘रेनो शुभ ६ दिन’ नामक स्कीममा रेनोका गाडीहरु खरिद गरेमा ५ लाख रुपैयाँसम्म छुट, निःशुल्क बीमा, फ्रि एक्सेसिरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र प्रत्येक गाडीमा ५ वर्षको वारेन्टी दिने कम्पनीले जनाएको छ ।

फोर्डः फोर्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी जी अटो मोबाइल्सले प्रत्येक वर्ष दशैं तिहारलाई लक्षित गरी फोर्डका ग्राहकहरुलाई छुटका अफरहरु ल्याउने गरेको छ । कम्पनीले यो वर्ष ‘सिधै क्यास नो बाकवास’ नामक दशैं स्मीक सार्वजनिक गरेको सीईओ सुमन रेग्मीले जानकारी दिए ।

कम्पनीले फोर्डका गाडी खरिद गर्नेहरुलाई क्यास डिस्काउण्डसँगै स्क्रयाच कार्ड मार्फत ३ लाख रुपैयाँसम्म छुट दिएको छ । साथै निः शुल्क बीमा, लोयल्टी बोनस अफर फोर्डका सबै सवारी खरिदमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Publish on: