१ पुस २०८२, मंगलबार

लघुवित्त कम्पनीलाई डेपुटी गभर्नरको निर्देशन- नाफा कमाउनभन्दा जोखिम व्यवस्थापनमा ध्यान दिनू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले लघुवित्त कम्पनीहरु बढी नाफामूखी भएको बताएका छन् । यसरी नाफामूखी मात्रै हुने हो भने भविष्यमा ठूलो संकट आउनसक्ने भन्दै श्रेष्ठले सचेत गराए ।

शुक्रबार राष्ट्र बैंकद्धारा आयोजित जोखिम व्यवस्थापन तथा अन्य समसामायिक बैंकिङ विषयमा लुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनसँगको एक दिने अन्तरक्रिया कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले यस्तो बताएका हुन् ।

‘लघुवित्तको संख्या थपियो तर संस्थागत सुशासन भने खस्किँदै गएको छ, कम्पनीहरु सेवामूखीभन्दा बढी नाफामूखी भएको देखिन्छ,’ उनले भने, ‘नाफा कमाउनभन्दा जोखिम व्यवस्थापन गर्न ध्यान दिनुहोस् ।’

लघुवित्तहरुले वाणिज्य बैंकहरुबाट कर्जा लिएर ग्रामीण भेगका जनतामा लगानी नगरी आफुखुसी अन्य क्षेत्रमा लगानी गरि नाफा बटुल्ने काम गरेको उनको बताए ।

राष्ट्र बैंकको कर्जा सुचना केन्द्रमा कर्जा दर्ता नगराउने र संस्थाको कर्जा सुचना व्यवस्थीत नगर्न संस्थाहरुलाई राष्ट्र बैंकले कारवाही गर्ने उनले बताए ।

‘राष्ट्र बैंकको नीति नियमन तथा निर्देशनमा बसेर संस्था चलाउनु होस्,’ उनले भने ‘नियमक निकायको नियमनमा बसेर काम गर्नु सकिन्दैन भने मर्जरमा फोकस गर्नुस्, मर्जरमा जाने लघुवित्तको लागि धेरै सुविधाहरु राष्ट्र बैंकले दिएको छ । ’

लघुवित्त क्षेत्रमा संख्या बढी भएको कारण ग्राहक र कर्मचारी तानातान भएको उनको भनाई छ । कर्मचारीहरु एकै संस्थामा नबसेका हुँदा अब कर्मचारीहरुको ग्रेडिङ गर्न लघुवित्तका प्रमुखहरुलाई उनले निर्देशन दिए ।