सेयर बजार फर्कियो पुरानै लयमा « Eglish Khabarhub

सेयर बजार फर्कियो पुरानै लयमा



काठमाडौं । यो साता सुरु भएयता २ दिन दोहोरो अंकले बढेको सेयर बजारमा बुधबार भने गिरावट आएको छ । बजार पुनः पुरानै लयमा फर्किएको छ । नेप्से मापन गर्ने सूचक ४.९८ अंकले घटेर ११४०.७१ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४३ अंकले घटेर २४९.७८ बिन्दुमा रोकिएको छ । १६१ कम्पनीको ७ लाख ८५ हजार ७४० कित्ता सेयर २० करोड ३२ लाख ८७ हजार २३७ रुपैयाँमा किनबेच भएको छ । बुधबार नेप्से सूचक मात्रै हैन कारोबार रकममा समेत निकै गिरावट देखिएको छ ।

११ वटा समूहको कारोबारमा अन्य समूह ६.०४ र म्यूचुअल फण्ड समूहको उपसूचक ०.०५ अंकले बढेको छ भने बाँकी ९ वटा समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ४.५७, होटल ४९.८८, विकास बैंक ६.३४, निर्जीबन बीमा समूहको ४८.८२, उत्पादन तथा प्रशोधन १७.४१, जीवन बीमा समूहको उपसूचक ५४ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा बैंक अफ काठमाण्डूको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । बैंकको संस्थापक सेयर २ करोड २२ लाख ८४ हजार १६० रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा बैंक अफ काठमाण्डू र यूनाइटेड फाइनान्स रहेका छन् ।

बुधबार सबै भन्दा बढी कमाउनेमा नेपाल हाईड्रो डेभलपर्स, आँखु खोला जलविद्युत कम्पनी, सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा हिमालयन पावर पार्टनर, सूर्य लाइफ इन्स्योरेन्स, सेन्ट्रल फाइान्स, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाएका छन् ।

Publish on: