काठमाडौं । मार्जिन कारोबार सुरु भएसँगै दोस्रो बजारको कारोबारमा तरलता अभिवृद्धि गरी बजारलाई थप चलायमान गराउने धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डले मार्जिन कारोबार कार्यान्वयनमा आएसँगै लगानीकर्ताको हित संरक्षण गर्न समेत महत्वपूर्ण भूमिका हुने जनाएको छ ।
बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४’ अनुरुप नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट तयार गरिएको कार्यविधिलाई स्वीकृति गर्नुका साथै मार्जिन कारोबारमा धितोपत्र दलाल र ग्राहकको समझदारीमा ऋणको ब्याजदर हुने ब्यवस्था गरेको स्मरण समेत गरेको छ ।
सेयर बजारमा नयाँ वित्तीय उपकरणको रुपमा मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन बोर्डले पहल गरेका कारण असोज १४ गते धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधाको कार्यान्वयन आएको समेत जनाएको छ ।
लगानीकर्ताहरुले दोस्रो बजारमार्फत् सेयर खरिद गर्न तोकिएको धितोपत्रहरुको मार्जिन राखेर सेयर खरिद गर्न सक्ने बोर्डको भनाइ छ ।
हालसम्म नेप्सेबाट २१ वटा धितोपत्र दलाल व्यवसायीहरुलाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरिसकिएकोमा अन्य धितोपत्र दलाल व्यवसायीहरुले समेत सर्वसाधारण लगानीकर्तालाई मार्जिन कारोवार सुविधा चाडै उपलब्ध गराउनुपर्ने बोर्डको धारणा छ ।
सेयर खरिद बिक्री गर्न एकद्वार प्रणालीमार्फत् सबै सुविधा उपलब्ध गराउने बोर्डको नीति÷निर्देशन अनुरुप नयाँ वित्तीय उपकरणको रुपमा मार्जिन कारोबार धितोपत्र बजारमा प्रवेश गराई धितोपत्र दलाल व्यवसायीको कार्य क्षेत्र समेत विस्तार भएको बोर्डको ठहर छ ।
SHARE YOUR THOUGHTS