काठमाडौंमा खुल्यो ब्रान्डेड लुगाहरु भाडामा पाइने ठाउँ « Eglish Khabarhub

काठमाडौंमा खुल्यो ब्रान्डेड लुगाहरु भाडामा पाइने ठाउँ



काठमाडौं । महाराजगञ्जस्थित अमेरिकी दूतावास नजिकै फेसन हाउस संचालनमा आएको छ ।

हाउसले पुरुष, महिला तथा बालबालिकाका लागि गुणस्तरीय ब्रान्डेड लुगा भाडामा लगाउने छ । होम डेलिभरीको होम डेलिभरीको व्यवस्था समेत छ।

फेशन हाउसको उद्घाटन गायिका प्रबिशा अधिकारी, बानिका प्रधान, शिला बिस्ट, बरिष्ठ संगीत संयोजक किरण कडेल, मदन कृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठ, समाजसेवी पशुपति गुरुङ लगायत थुप्रै अतिथिहरुहरुको उपस्थितिमा भएको थियो ।

आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोचका साथ लामो समय विदेशमा बसेर सिकेको सिप र अनुभवलाई प्रयोग गर्दै ज्यासमिन गुरुङ, बिमला गुरुङ र दीप सुन्दासको सयुक्त लगानीमा फेशन हाउस सुरु भएको हो ।

फेशन हाउसको आधिकारिक फेसबुक पेज मार्फत् प्रोडक्टहरु हेर्न सकिनेछ ।

Publish on: