काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैंलाई लक्षित गरेर दक्षिणा प्लसको योजना अघि सारेको छ । यो योजना अन्तर्गत दशैंमा टीका लगाएर बैंकको मोबैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गरिनेछ ।
दक्षिणा प्लस नाम दिइएको यस योजना अन्तर्गत मोबैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जना सम्मलाई दक्षिणा रकमको १०% वा अधिकतम रु १०० बैंकको तर्फबाट थप हुनेछ । दक्षिणा प्लस योजना यस बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ भने यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुनेछ ।
यो योजना एनआईसी एशिया बैंकको मोबाइल बैंक प्रयोग गरी फण्ड ट्र««ान्सफर मार्फत् दक्षिणा प्रदान गर्दा मात्र लागू हुनेछ भने दक्षिणा दिने व्यक्तिले रिमाक्र्समा “दक्षिणा प्लस ९म्बपकजष्लब एगिक०” लेख्नुपर्नेछ । ‘सोच बदलौं’ नारालाई समाजमा स्थापित गराएर समाजमा बैचारिक शुद्धता ल्याउने प्रयत्नलाई दशैंसँग जोड्दै यस बैंकले दशैंमा प्रयोग हुने नयाँ नोटलाई सफा राखौं भन्ने मूल सन्देशका साथ डिजिटल दक्षिणातर्फ ग्राहकलाई उत्प्रेरित गर्न दक्षिणा प्लसको योजना अघि सारेको बैंकले जनाएको छ ।
बैंकले बडा दशंैको अवसरमा दक्षिणा प्लस बाहेक अन्य विभिन्न छुट अफरहरु पनि ल्याएको छ । भाटभटेनी, सेल्सबेरी,सेलवेज जस्ता डिपार्टमेन्ट स्टोरहरुसँग सहकार्य गरी यस बैंकको कार्ड वा मोबैंकमार्फत् भुक्तानी गर्ने ग्राहक माहानुभावहरुलाई १५% सम्मको छुट प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।
SHARE YOUR THOUGHTS