१६ मंसिर २०८२, सोमबार

अत्याधुनिक बन्यो विद्युत् भार प्रेषण केन्द्र,विद्युत प्रणालीको विश्वसनीयता बढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुलुकभरको विद्युत् व्यवस्थापन र नियन्त्रण गर्ने भार प्रेषण केन्द (एलडीसी) अत्याधुनिक बनेको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षति पुगेको केन्द्रको पुनस्र्थापना तथा स्तरोन्नती गरी अत्याधुनिक बनाइएको हो ।

काठमाडौंको स्यूचाटारमा रहेको अत्याधुनिक केन्द्रको शुक्रबार ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र जर्मनीका मन्त्री नोरर्बेट बार्थलेले उद्घाटन गरेका हुन् ।

कम्युटरमा आधारित सुपरिवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा)को पछिल्लो नयाँ भर्सन प्रयोग गरिएकाले केन्द्रबाट मुलुकको एकीकृत विद्युत प्रणालीलाई नियन्त्रण गरी प्रभावकारी रुपमा संचालन गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘पुरानो प्रविधि र उपकरण प्रयोग गर्दा विद्युत प्रणाली प्रभावकारी रुपमा संचालनमा समस्या थियो’ घिसिङले भने ‘अव सर्भर,मोनिटर लगायत हार्डवेयर र सफ्टवेयरमा पछिल्लो प्रविधि प्रयोग गरिएको छ, यसको प्रभावकारी संचालनबाट विद्युत प्रणालीको विश्वसनीयता, स्थायित्व र सुरक्षा बढाउँदै गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित हुने छ ।’

उनले अव केन्दबाट अब विद्युत् माग र आपूर्तिलाई अझै प्रभावकारी र दक्षतापूर्ण रुपमा व्यवस्थापन तथा संचालन गर्न सकिने हुँदा प्राधिकरणलाई वित्तीय फाइदा पुग्ने बताए ।

कार्यक्रममा मन्त्री पोखरेलले केन्द्र मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनको मेरुदण्ड भएकाले नयाँ जडान गरिएको प्रविधिबाट केन्द्रको प्रभावकारी संचालनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जर्मनीका मन्त्री बार्थलेले केन्द्रको आधुनिकरणसँगै दिगो विद्युत आपूर्तिमा सुधार हुने बताए ।

जर्मन सरकारले जर्मन विकास बैक (केएफडब्लू)मार्फत उपलब्ध गराएको करिब २५ लाख ३० हजार युरो अनुदानमा केन्द्रको आधुनिकरण गरिएको हो । परियोजनाको काम २०७४को माघबाट सुरु भएको थियो ।

यही परियोजनाअन्तर्गत हेटौडामा आपत्कालीन नियन्त्रण केन्द्र स्थापना गरिएको छ । हेटौडामा पनि स्यूचाटरमाजस्तै अत्याधुनिक उपकरण प्रयोग हुने छ । प्रणालीलाई काठमाडौंबाट संचालन गर्न नसकिएमा आपत्कालीन रुपमा हेटौडाबाट संचालन गर्न सकिने छ ।