सेयर बजार आफ्नै लयमा, कसले कमाए-कसले गुमाए ? « Eglish Khabarhub

सेयर बजार आफ्नै लयमा, कसले कमाए-कसले गुमाए ?



काठमाडौं । मंगलबार सामान्य अंकले बढेको सेयर बुधबार सोहि अनुरुपमा ओरालो लागेको छ ।

बुधबार सेयर बजार मापन गर्ने सूचक ५.०१ अंकले घटेर ११३७.०३ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६४ अंकले घटेर २४८.५८ बिन्दुमा रोकिएको छ ।

१५९ कम्पनीको ७ लाख ३६ हजार ८८३ कित्ता सेयर १९ करोड ६६ लाख १८ हजार ९६३ रुपैयाँको सेयर किनबेच भएको छ ।

११ कम्पनीको कारोबारमा बैंकिङ समयमा ४.९८, होटल १३.२२, निर्जीबन बीमा १०.८८, उत्पादन तथा प्रशोधन १८.९४, माइक्रोफाइनान्स ७.९१, जीवन बीमा समूहको उपसूचक १०.८१ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । प्रभु बैंकको ५ करोड ४४ लाख ६१ हजार १०८ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ ।

कारोबार अवधिमा ग्लोबल आईएई समुन्नत स्किम–१, एनएलजी इन्स्योरेन्स, दिव्यश्वरी हाईड्रोपावर, मुक्तीनाथ विकास बैंकका लगानीकर्ताले कमाएका छन्, भने सिद्धार्थ बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंक, गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

Publish on: