काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् । उनी यहि कार्तिक १ गतेबाट लागु हुने गरी चार वर्षका लागि सिइओ नियुक्त भएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले आजै एक समारोहकाबीच पदबहाली गरेका छन् । प्याकुरेलकोे अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूंजीबजारमा पन्ध्र वर्ष भन्दा बढिको अनुभव रहेको छ । उनी यस अघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए ।
हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंदा दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले बताए । आरविवि मर्चेन्ट बैंकिङ्गको हाल २० करोड चुक्तापूंजी रहेको छ ।
SHARE YOUR THOUGHTS