एप्पलले हटायो मोवाइल सिस्टम बिगार्ने १५ वटा भारतीय एप्स « Eglish Khabarhub

एप्पलले हटायो मोवाइल सिस्टम बिगार्ने १५ वटा भारतीय एप्स



काठमाडौं । विश्व चर्चित मोवाइल निर्माता कम्पनी एप्पलले १५ वटा भारतीय एप्स एप स्टोरबाट हटाएको छ । क्लिकवयरबाट ग्रसित भएको भेटिएपछि कम्पनीले उक्त भारतीय एप्सहरु हटाएको हो ।

मोबाइल सेक्युुरिटी फिर्म वान्डेलाले ती एप्सहरुले एड–फ्रड गरिरहेको पत्ता लगाएपछि एप्सहरुलाई ब्याण्ड गरेको हो । १७ वटा एप्समध्ये १५ वटा हटाइसकेको र २ वटा अनुसन्धानका क्रममा रहेका छन् ।

वान्डेराले पत्ता लगाए अनुसार यी १७ एप्स क्लिकर ट्रोजन मालवेयर बाट ग्रसित रहेका छन् । यी एप्सहरु सेवा दिनका लागि नभई एड–फ्रड गर्न डिजाइन गरिएको पत्ता लागेको छ ।

यी एप्समा क्लिक गर्नेवित्तिकै क्लिक अन एड र पृष्ठभूमिमा वेभपेज खुल्ने वान्डेराले बताएको छ । ब्याण्ड हुने एप्सहरुमा– आरटीओ भेइकल इन्फमेसन, इएमआई क्याल्कुलेटर एण्ड लोन प्लानर, फाइल म्यानेजर डकुमेन्टस्, स्मार्ट जिपिएस स्पीडोमिटर, क्रिकवान– लाइभ क्रिकेट स्कोर्स, डेलि फिटनेश– योगा पोजेज, एफएम रेडियो– इन्टरनेट रेडियो, माई ट्रेन इन्फो, एराउण्ड मि प्लेस फाइन्डर, इजि कन्ट्याक्टस ब्याकअप म्यानेजर, रमादान टाइम्स २०१९, रेष्टुरेण्ट फाइन्डर–फाइन्ड फुड, बिएमआई क्याल्कुलेटर, डुअल एकाउन्टस्, भिडियो एडिटर– म्युट भिडियो, इस्लामिक वल्र्ड रहेका छन् ।

गुगलले पनि केही समयअघि २९ वटा फ्रड एप्स पत्ता लगाएको थियो ।

Publish on: