कृषि विकास बैंक लुट प्रकरणः विस्तृत छानविन गर्न ९ सदस्यीय कमिटि गठन « Eglish Khabarhub

कृषि विकास बैंक लुट प्रकरणः विस्तृत छानविन गर्न ९ सदस्यीय कमिटि गठन


१४ कार्तिक २०७६, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कृषि विकास बैंकको करोडौं लुटपाट प्रकरणको तथ्य अझै पत्ता लाग्न सकेको छैन । प्रहरी र बैंक दुबैले छानविन गरिरहेका छन् ।

असोज पहिलो साता कृषि विकास बैंकको सिराहास्थित लाहान शाखामा कार्यरत कर्मचारीको पासवर्ड प्रयोग गरेर बैंकको ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको थियो । चोरीमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

बैंकले छानविन कमिटि गठन गरेको थियो । उक्त कमिटिले तिहारअघि आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ । प्रारम्भिक प्रतिवेदनमा बैंकका कर्मचारीहरुले पासवर्ड सुरक्षित राख्न नसकेको उल्लेख छ ।

कृषि विकास बैंक लुट प्रकरणः भारतमा बनेको थियो ५ अर्ब लुट्ने योजना, नविल बैंक जोगियो

‘हाम्रो प्रारम्भिक अनुसन्धानमा बैंकमा कार्यरत कर्मचारीहरुले पासवर्ड सुरक्षित राख्न नसकेको देखिएको छ,’ बैंकका प्रवक्ता हिमलाल पौडेलले क्लिकमाण्डूसँग भने, ‘यस प्रकरणको विस्तृत अध्ययन गर्न बैंकको कानून विभागका प्रमुख निर्मलराज कोइरालाको संयोजकत्वमा ९ सदस्यीय छानविन कमिटि गठन गरिएको छ ।’

उक्त कमिटिले घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाएपछि मात्रै घटनाको सत्यतथ्य बाहिर आउने उनले जानकारी दिए ।

‘प्रहरीले पनि आफ्नो तरिकाबाट अध्ययन गरिरहेको छ, उसले अहिलेसम्म हामीलाई केही पनि भनेको छैन,’ प्रवक्ता पौडेलले भने, ‘घटनाको गहन अध्ययन गर्न हामीले पनि ९ सदस्यीय कमिटि गठन गरेका हौं ।’

बैंकको लाहान शाखामा कार्यरत कर्मचारी राम सेवत यादव, डम्बरबहादुर केसी र सुनिल कुमार शाहको आइडी प्रयोग गरी लुटेराहरुले रकम चोरी गरेका थिए ।

‘हाम्रा ३ जना कर्मचारीले पासवर्ड सुरक्षित राख्न नसकेका चाहीँ सत्य हो, तर उनीहरु बैंक लुटपाटमा संलग्न भएका हुन् कि होइनन् भन्ने कुरा विस्तृत अध्ययन पछि मात्रै पत्ता लाग्छ,’ पौडेलले भने ।

प्रहरीका अनुसार भारतमा बस्ने काले यो घटनाका मूख्य योजनाकार हुन् । लुटेराको समूहले नविल बैंकलाई लुट्ने प्रयास गरेको तर असफल भएको प्रहरीले जनाएको छ ।

‘लुटेराहरुले धेरै बैंक लुट्ने प्रयास गरेका हुन सक्छन्, तर अहिलेसम्म नविल बैंकमा लुट्ने प्रयास गरेको तर असफल भएको हाम्रो अनुसन्धानमा देखिएको छ,’ महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रमुख सहकुल थापाले भने- ‘भारतमा बसेर बैंककोा ५ अर्ब रुपैयाँसम्म लुट्न सक्ने योजना बनाएको अनुसन्धानका क्रममा खुल्न आएको छ, पक्राउ परेका लुटेराहरुसँगको वि-च्याट वार्तामा भारतमा बस्ने काले नाम गरेका व्यक्तिसँग ५ अर्बसम्म निकाल्न सकिने कुराकानी भएको देखिन्छ ।’

‘पानस रेमिट्यान्सबाट एकै व्यक्तिले एकै दिनमा ६०/६० हजारका दरले ६ पटक रकम झिकेको खबर हामीलाई आयो, हामी तत्काल अनुसन्धानमा खटियौं,’ थापाले भने, ‘पैसा झिक्ने व्यक्तिने नुवाकोटका लवाङ तामाङलाई बुझाउनका लागि रकम निकालेको बताए । हामीले नुवाकोट प्रहरीलाई खबर गरेर त्यसैदिन राति १० बजे उनलाई पक्राउ गर्यौं ।’

कृषि विकास बैंक लुट प्रकरणः ३ कर्मचारीलाई अनुसन्धानका लागि काठमाडौं झिकाइयो

ती व्यक्तिलाई पक्राउ गरेपछि उनले सर्लाही हरिवनका पुष्पराज खड्कालाई आफूले रकम दिनका लागि निकालेको बताए । र, प्रहरी पुष्पसम्म पुग्यो । उनले भने भारतमा रकम पठाउन रकम निकालेको बताए । ती व्यक्तिले कृषि विकास बैंकबाट रकम निकालेको बताए ।

र, असोज ६ गते प्रहरीको टोली कृषि विकास बैंक पुग्यो । प्रहरीले शंकास्पद कारोबारको विवरण माग्दा शुरुमा त बैंकका कर्मचारीले पत्याएनन् । प्रहरीले विवरण मागेपछि बैंकले सिस्टम चेक गर्दा सिराहाको लाहान ब्राञ्चमा भएको अधिकांश रकम विभिन्न शाखामा रहेको कृषि विकास बैंककै ११ वटा खातामा पठाइएको । र, ४ करोड ७३ लाख रुपैयाँ निकालिसकेको तथ्य फेला पर्यो ।

यसरी खातामा गएका व्यक्तिको प्रहरीले खाता रोक्का गर्यो । र, बैंकका कर्मचारीलाई प्रहरीले भन्यो कि- यी व्यक्ति रकम निकाल्न आउँदा हामीलाई खबर गर्नु, हामी उपस्थित हुन नसकेको खण्डमा तपाईंहरुले नियन्त्रणमा राख्नू ।’

तर, जुन शखामा भएको खातामा रकम ट्रान्सफर भएको छ । ती खातामा प्रहरी पनि तैनाथ भएर बस्यो । अर्को दिन जसको खातामा रकम जम्मा भएको हो उनीहरुल बैंकमा पैसा निकाल्न गए । प्रहरीले उनीहरुलाई रकम निकाल्दा निकाल्दै पक्राउ गर्यो ।

‘पक्राउ परेका व्यक्तिका साथबाट ६० लाख रुपैयाँ बरामद गरेका छौं,’ थापाले भने, ‘१५ लाख रुपैयाँ कैलाश विकास बैंकमा जम्मा भएको छ । यसबारे हामी थप अनुसन्धान गरिरहेका छौं ।’

भारतमा बसेर लुटको योजना बनाउने वयक्तिलाई हुण्डीमार्फत् रकम पठाएको भेटेपछि प्रहरीले उक्त हुण्डीका सञ्चालकलाई पनि पक्राउ गरिसकेको थापाले जानकारी दिए ।

‘समयमै थाहा पाएर लुटेर पक्रिन नसकेको भए ठूलो क्षति हुने देखिन्थ्यो,’ उनले थपे, ‘किनभने उनीहरुको यो ह्याकिङ सिस्टमको प्रयोग गरेर ५ अर्ब लुट्ने योजना थियो ।’

प्रहरीले लुटेराहरुको उल्टो पिरामिड शैलीको संरचना भएको बताएको छ । भारतमा बसेर नेपालमा विभिन्न लेयरका एजेन्ट खडा गरेर बैंक लुटिएको प्रहरीले जनाएको छ ।

‘नेपालको मूख्य एजेन्टले भारतको कुनै शहरमा बसेर योजनाकारसँग मिटिङ गरेको छ र उसले यहाँका विभिन्न एजेन्टहरुलाई प्रयोग गरेको छ,’ थापाले भने, ‘तपाईंको खातामा यति रकम हालिदिएका छौं, १०/१५ प्रतिशत आफूले राखेर बाँकी रकम हामीलाई पठाइदिनू भन्ने वार्तालाप भएको देखिन्छ । र, त्यसैअनुसार एजेन्टहरुले रकम पठाएको देखिन्छ ।’

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय लुटेराहरु सक्रिय भएका छन् । गत भदौ १४ गते चिनियाँ ह्याकरहरुले नेप्सको सिस्टम नै ह्याक गरेर विभिन्न बैंकको एटीएममार्फत् भिसा कार्ड प्रयोग गरी साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । बैंकका कर्मचारीको चलाखी र प्रहरीको फास्ट एक्सनका कारण उनीहरु उम्किन पाएनन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार ००:००  ३ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping