मुम्बई । भारतीय सेयर बजारले रेकर्ड कायम गरेको छ । मुम्बई स्टक एक्सचेन्ज(सेन्सेक्स) सूचक अहिलेसम्मकै उच्च ४० हजार ३४४ बिन्दुमा पुगेको छ ।
पछिल्ला चार कारोबारबाट सेन्सेक्स १००० अंकले बढेको हो । यो भन्दा अगाडि सेन्सेक्स १०० दिन अगाडि ४० हजार ३१२ अंकमा पुगेको थियो ।
दोस्रो त्रैमासिक आर्थिक वर्षको विवरण राम्रो आएको कारण भारतीय सेयर बजारमा रेकर्ड कायम भएको हो ।
प्रतिक्रिया