सेयर बजारमा गिरावट, शिवम् सिमेन्टका लगानीकर्ताले बढी गुमाए « Eglish Khabarhub

सेयर बजारमा गिरावट, शिवम् सिमेन्टका लगानीकर्ताले बढी गुमाए



काठमाडौं । मंसिर महिनाको पहिलो दिन नै सेयर बजारमा गिरावट सुरु भएको छ । नेप्से मापन गर्ने सूचक ४.५९ अंकले घटेर ११३१.३६ बिन्दुमा रोकिएको छ । १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता सेयर ३५ करोड ५१ लाख ५९ हजार ७६८ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूह ०.४७, होटल ५१.६९, जलविद्युत १७.३६, निर्जीबन बीमा कम्पनी २६.६४, उत्पादन तथा प्रशोधन १०३.५३, जीवन बीमा समूहको उपसूचक १३.१५ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको ४ करोड ४ लाख ३४ हजार ४३८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः एनआईसी एसिया र एनएमबी बैंक रहेका छन् । कारोबारमा साल्ट टे«डिङ कर्पोरेशन, घोडाघोडी लघुवित्त वित्तिय संस्था, पाचथर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यता शिवम शिमेन्ट, ओरियन्ट होटल, गुडविल फाइनान्स, खानीखोला हाईड्रोपावर, यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: