प्राधिकरणकाे अत्तरिया कार्यालयले ३३ करोड बक्याैता उठाउन बाँकी « Eglish Khabarhub

प्राधिकरणकाे अत्तरिया कार्यालयले ३३ करोड बक्याैता उठाउन बाँकी




अत्तरिया । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले ३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ । कार्यालयले दिएको जानकारीअनुसार गत आव २०७५/७६ सम्मको मात्रै ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहको हो ।

प्रदेशमा सडक बत्तीबापत नौ करोड ४८ लाख २० हजार, गैरव्यापारिक एक करोड ६८ लाख २२ हजार, कालोसूचीमा राखिएका ग्राहकबाट एक करोड ३८ लाख ४७ हजार र अन्य ग्राहकबाट रु २० करोड ५२ लाख १० हजार गरी रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

उक्त बक्यौता रकम कार्यालय मातहतका ११ वटा वितरण केन्द्रको नाममा देखिएको जनाइएको छ । वितरण केन्द्रका नाममा ठूलो रकम बक्यौता देखिएपछि अत्तरियाका प्रमुख शतीशकुमार कर्णले सम्बन्धित ग्राहकको लाइन काट्न केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएको बताए ।

महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्र प्रमुखहरूलाई निर्देशन दिइसकिएकाले बक्यौता रकम सङ्कलन हुने अपेक्षा लिइएको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला प्राधिकरणको ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । यससँगै १२ वटा विद्युत् वितरण केन्द्र स्थापना गरिएको प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख कर्णको भनाइ छ ।

Publish on: