काठमाडौं । सेयर बजारमा झिनो अंकको गिरवाट आएको छ । नेप्से मापन गर्ने सूचक ०.२४ अंकले घटेर परिसूचक ११३१.१२ बिन्दुमा रोकिएको छ। १६० कम्पनीको ११ लाख ८८ हजार ८४५ कित्ता सेयर ३५ करोड ६८ लाख ६१ हजार ८५७ रुपैयाँका सेयर किनबेच भएको छ ।
१२ वटा समूहको कारोबारमा बैंकिङ् ०.१ टे«डिङ ३१.८३, वित्त कम्पनी २.३९, निर्जीबन बीमा १८.५१, जीवन बीमा समूहको उपसूचक २९.२७ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ८ करोड ३९ लाख ६३ हजार ९९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबी बैंक र प्राइम बैंकको संस्थापक सेयर रहेको छ ।
कारोबारमा साल्ट टे«डिङ कर्पोरेशन, घोडाघोडी लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर डेभलपमेन्ट, बिशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा यूनिभर्सल पावर कम्पनी, हिमालयन पावर पार्टनर, पाँचथर पावर पार्टनर, सानिमा माई हाईड्रोका लगानीकर्ता रहेका छन् ।
SHARE YOUR THOUGHTS